नेभिगेशन
अन्य

चिसो दुई दुई वर्षयताकै सवैभन्दा बढि

काठमाडौं । काठमाडौंको बुधबारको न्यूनतम तापक्रम दुई वर्षयताकै तल झरेको छ। त्रिभुवन विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका मौसमविद समीर श्रेष्ठले बुधबार बिहान ८ः४५ बजेको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको जानकारी दिए। जबकि यही तापक्रम सबेरै ५ः४५ मा १ डिग्री सेल्सियस थियो। तापक्रम छिटछिटो घटेकाले चिसो बढी महसुस भएको मौसमविदले जनाएका छन्। ‘न्यूनतम तापक्रम छिटछिटो घटेकाले चिसो बढी महसुस भएको हो,’ उनले भने, ‘एकै रातमा शून्य दशमलव ६ डिग्री घटेको छ। त्यसैले ज्यादा चिसो महसुस भयो।’ महाशाखाले बिहीबारको न्यूनतम तापक्रम शून्यदेखि दुई डिग्री सेल्सियससम्म हुने अनुमान गरेको छ। श्रेष्ठका अनुसार बुधबारको न्यूनतम तापक्रम डिसेम्बर महिनामा दुई वर्षयताकै कम हो। ‘मौसममा कुनै सुधार आएन भने अझै घट्न सक्छ,’ उनले भने। महाशाखाका अनुसार अघिल्लो वर्ष जनवरी ३१ मा न्यूनतम तापक्रम सबैभन्दा कम १.४ डिग्री सेल्सियस थियो। श्रेष्ठले मौसममा परिवर्तन नहुने र यही अवस्था रहने हो भने तापक्रम अझै घट्न सक्ने बताए। ‘जनवरी सुरु नहुँदै न्यूनतम तापक्रम घटेकाले थप घट्न सक्ने सम्भावना छ,’ उनले भने। अघिल्लो वर्ष पुस ७ र ८ गतेको न्यूनतम तापक्रम भने ३.५ डिग्री सेल्सियस थियो। काठमाडौंको अहिलेसम्मको सबैभन्दा कम तापक्रम भने २०३४ पुस १६ गते शनिबार माइनस २ डिग्री सेल्सियस झरेको थियो। महाशाखाका अनुसार मंगलबार र बुधबारको अधिकतम तापक्रम भने १६ डिग्री सेल्सियस छ। मंगलबारको तुलनामा बुधबार घाम बढी लागेको श्रेष्ठले जानकारी दिए।‘बुधबार दिउूसो चलेको हावाले वायुमण्डलमा रहेको तुँवालो सफा गर्दा घाम अलि बढी चर्किएको हो,’ उनले भने। महाशाखाले बिहीबार तराई र पहाडका केही स्थानमा कुहिरो लाग्ने सम्भावना औंल्याएको छ। ‘उपत्यकामा बिहान केहीबेर कुहिरो लागे पनि दिउसो आकाश सफा हुन्छ,’ श्रेष्ठले भने। उनले मौसम तत्काल परिवर्तन हुने सम्भावना पनि नरहेको जनाए। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै