नेभिगेशन
अन्य

बाडेगाउँमा किसुनजीको पुर्णकदको सम्झना

काठमाडौं । पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रममा स्थापना गरिएको छ । भट्टराईको ९२औं जन्म जयन्तीका अवसरमा बुधबार आयोजित एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उनको पूर्णकदको सालिक अनावरण गरेका हुन् । उक्त अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भट्टराई एउटा राजनीतिक दलको नेता भन्दा माथि राखेर हेर्नुपर्ने बताएका छन् । भट्टराईको योगदान देश र जनताका लागि भएकाले उनलाई राष्ट्रिय नेताका रुपमा सम्मान गर्नुपर्ने ओलीले भने । ‘कृष्ण प्रसाद भट्टराई समाज रुपान्तरणको नेता होु ओलीले भने ुउहाँ परिवर्तनको साक्षी किनारामा मात्र हैन सधैं अग्रभागमा रहनुभयो ।’ नख्खु जेलमा भट्टराईसँग भेट भएको सम्झंदै ओलीले परिणाम जे जस्तो आए पनि सधैं सत्य बोल्ने नेताको रुपमा आफूले उनलाई चिनेको ओलीले बताए । ‘ुराजीनितीक परिवर्तन गरेर जनतालाई सार्वभौम बनाउन उहाँले चालेका कदम र बिचार सधैं असाधरण नै रहे’ ओलीले भने ‘नेपाली समाजलाई परिवर्तनका मुद्दामा सहमत गराउन उहाँको योगदान सदैव स्मरणिय रह्यो । उहाँ ढाट्न भन्दा सत्य बोलेर जेल जान तयार हुने र सेन्स अफ हयुमर भएको नेताको रुपमा हुनुहुन्थ्यो ।’ भट्टराईका केही स्वभावले आफुलाई पनि प्रभावित गरेको ओलीले सुनाए । ‘उहाँले जीवनलाई सधैं हाँसी खुसी राख्ने मान्छे हो । जस्तै दुःखमा पनि उहाँ दुखी भएर बस्नु भएन’ ओलीले भने ‘त्यो स्वभाव म मा पनि छ । म जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि दुस्ख मनाउ गरेर बस्दिन ।’ कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भट्टराईको स्मरण गदै भने ‘किसुनजीले कहिल्यै राष्ट्रबाट केही लिनुभएन, सधैं दिनुभयो ।’ उनको सक्रियता आजसम्म रहेको भए अहिलेका समस्याहरु देखिदैंनथ्यो देउवाले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै