नेभिगेशन
अन्य

बत्ती आउँदा मात्रै खुल्न थाले बैँक

काठमाडौं । पैसा राख्न वा निकाल्न बैँक जाँदै हुनुहुन्छ भने पहिला लोडसेडिङको तालिका हेर्नु होला। अन्यथा तपाईले पैसा राख्न वा झिक्न नपाउन सक्नुहुन्छ। इन्धन अभावका कारण बैँक तथा वित्तीय संस्थाहरुले बत्ती आउने समयमा मात्रै यस्तो कारोबार गर्न थालेका छन्। इन्धान अभावका कारण सबै बैँक तथा बित्तीय संस्थाले सन्ध्याकालीन सेवा बन्द गरिसकेका छन्। सेवा खुल्ने भनिएको समयमा पनि बत्ती आएको बेलामा मात्रै सेवा सञ्चालन हुन थालेको छ। आफूहरुको सेवा सञ्चालन गर्नका लागि आवश्यक न्यूनतम इन्धन पनि नपाएका कारण सन्ध्याकालीन सेवा बन्द गर्नु परेको बैँकर्सको भनाई छ। सरकारले अत्यावश्यक सेवा भन्दै विभिन्न सेवाका लागि इन्धनको व्यवस्था गरेपनि बैँकिङ सेवाका लागि अहिलेसम्म त्यस्तो व्यवस्था गरेको छैन। राजधानी दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...