नेभिगेशन
अन्य

चुनावमा हारको क्षतिपुर्ति असुल्न आन्दोलन गरियोः पौडेल

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसी नेताहरुले आफूले चुनावमा हारेको क्षतिपूर्ति असुली गर्न सर्वसाधारणलाई उक्साएर आन्दोलन गरेको आरोप लगाएका छन् । संविधानको मर्म नै नबुझी मधेसी जनता विरोधमा उत्रिएको भन्दै उनले असन्तुष्टहरुलाई अन्य मुलुकका संविधानसँग मुलुकको संविधान तुलना गरेर सन्तुष्टिका पक्ष खोज्न पनि पौडेलको आग्रह गरे । ‘मधेसीले खोजेजस्तो २ नम्बर प्रदेश पाएका छन् तर त्यहीं आन्दोलन हुनु आश्चर्यजनक छ,’ उनले भने । पौडेलले जनता र नेताबीच संवाद टुट्दा मुलुकले विश्वकै उत्कृष्ट संविधान पाए पनि असन्तुष्टि बढेको बताएका छन् । मोरङ कांग्रेसले शुक्रबार आयोजना गरेको ‘कस्तो बन्यो संविधान, सदभाव र एकताको अभियान’ विषयक अन्र्तक्रियामा पौडेलले नेताहरु सदरमुकाम, केन्द्र र सत्तामा केन्द्रित रहँदा जनतासँगको संवाद टुट्न पुग्दा संविधान आलोचित बनेको बताए । ‘नेताहरु लामो समयसम्म केन्द्र र सत्ताको खेलमा केन्द्रीत हुँदा जनतासँग संवाद नै टुट्यो,’ पौडेलले भने, ‘नेताहरुले समयमै गाउँगाउँमा गएर संविधान बारे जनतालाई जानकारी गराएको भए मुलुकले अहिलेको स्थिती भोग्नु पर्ने थिएन ।’ राज्यको पुर्नसंरचना होइन अब चरित्रको पुर्नसंरचना आवश्यक रहेको पौडेलको जिकिर थियो । ‘जबसम्म नेता र कार्यकर्ताहरुको चरित्रमा पुर्नसंरचना हँुदैन तबसम्म जस्तोसुकै राम्रो काम भए पनि विवाद र असन्तुष्टि आइरहन्छ,’ पौडेलले भने । कांग्रेसले विपक्षमा बसेर सरकारको खबरदारी गरिरहेको पनि उनले बताए । कम्युनिष्ट र कांग्रेसमा मधेसलाई हेर्ने दृष्टिकोण फरक भएको उल्लेख गर्दै पौडेलले कांग्रेसले प्रधानमन्त्रीमा उम्मेदवार दिएर मधेस र कांग्रेसको सम्बन्ध मजबुद गरेका दावी गरे । पौडेलले कम्युनिष्टहरु छिटो निर्णय गरेर पछुताउने र कांग्रेस अनिर्णयको बन्धक बन्दै आएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...