नेभिगेशन
अन्य

संविधानपछि ५९६ लाई अंगिकृत नागरिकता

काठमाडौं । असोज ३ मा संविधान जारी भएयता नेपालीसँग विवाह गरेका पाँच सय ९६ भारतीय महिलाले वैवाहिक अंगीकृत नागरिकता पाएक छन् । गृह मन्त्रालयका अनुसार उनीहरूले वैवाहिक अंगिकृत लिएकामा अधिकांश नेपालीसीत विवाह गरेर आएका भारतीय चेली छन्। नेपाली पुरुषसँग विवाह गरेका भारतीय युवतीलाई नयाँ संविधानले नागरिकताबाट वञ्चित गराएको झुटो प्रचार गरी सर्वसाधारणलाई भड्काउने काम भइरहेको भन्दै मधेसकै एक जिल्लाका प्रशासकीय अधिकारीले वैवाहिक अंगिकृत नागरिकता लिनेको विवरण दिएका हुन्। असोज ३ देखि पुस १ सम्ममा तराईसहितका २१ जिल्लाबाट उक्त शीर्षकको नागरिकता पाउनेको संख्या ५९६ रहेको मन्त्रालयले जनाएको छ। झापाबाट ६८, मोरङबाट ३०, सुनसरीबाट २६, सप्तरीबाट ५, सिरहाबाट ९, धनुषाबाट १८, महोत्तरीबाट ९, सर्लाहीबाट १, रौतहटबाट ९, बाराबाट १९, पर्साबाट २७, मकवानपुरबाट १, चितवनबाट ४, नवलपरासीबाट ९४, रूपन्देहीबाट ८१, कपिलवस्तुबाट ८१, दाङबाट ४, बाँकेबाट ६८, बर्दियाबाट ३३, कैलालीबाट २ र कञ्चनपुरबाट ७ जनाले त्यस्तो नागरिकता लिएका छन् । भारतीय संसदको माथिल्लो सदन राज्यसभामा दुई साताअघि भएको नेपालबारे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विदेशमन्त्री सुष्मा स्वराजले समेत नेपालमा नयाँ संविधानले नेपाली पुरुषसँग विवाह गरेका भारतीय चेलीलाई नागरिकतालगायत अधिकारबाट वञ्चित गरेको दाबी गरेकी थिइन् । जबकि, नयाँ संविधानमा अंगीकृत नागरिकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, सुरक्षा प्रमुखबाहेक जुनसुकै पदमा पुग्न पाउने अधिकारको प्रत्याभूति गरेको छ । नेपाली वैवाहिक अंगीकृत नागरिकता पाएका महिला हालको संसदमा करिब आधा दर्जन छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...