नेभिगेशन
अन्य

प्रहरीले किन गोप्य राख्यो एउटा भयानक दुर्घटना

काठमाडौं । गृह प्रसाशनले माइतीघर मण्डलमा गत शनिबार बिहान भएको एउटा ज्यानै जानेसम्मको गम्भीर सडक घटनालाई गुपचुप राखेको छ । प्रहरीले दुर्घटनापछि गरिने सामान्य तर अनिवार्य प्रक्रियासमेत मिचेर त्यससम्बन्धी सूचना गोप्य राख्न खोजेको छ । अनियन्त्रित गाडी थापाथलीबाट हुइँकिदै माइतीघरमण्डला घुमेर थापाथलीतिरै मोडिन खोज्दा दुर्घटना भइ उत्तानो परेको थियो । प्रहरी स्रोतका अनुसार दुर्घटनामा परेको बा १२ च ६१०० नम्बरको सेतो रंगको भक्सवागन कार एउटा मिडियाको नाममा छ । दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार गाडीमा दुई पुरुष र दुई महिला रहेपनि महिलाको परिचय प्रहरीले गोप्य राखेको छ । घाइतेलाई तत्कालै नर्भिक अस्पतालमा लगेर भर्ना गरिएपनि अर्कै व्यक्तिको नाममा भर्ना गरिएको छ । प्रहरीसँग दुर्घटनाको कुनै रेकर्ड छैन् । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...