नेभिगेशन
अन्य

तराईमा खोप कार्यक्रम प्रभावित

काठमाडौं । तराई–मधेसमा जारी आन्दोलनका कारण ती क्षेत्रका बालिबालिकाले लगाउनुपर्ने नियमित खोप सेवा प्रभावित भएको छ । आन्दोलनका कारण स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले पठाएका खोप क्षेत्रीय गोदाममा थन्किएका छन् । पूर्वका लागि पठाइएका खोप पथलैया र पश्चिमका लागि पठाइएका औषधि तथा खोप नेपालगन्ज गोदाममा अड्किएका छन् । केही जिल्लाले मोटरसाइकलमा औषधि ल्याए पनि स्वास्थ्य चौकीसम्म पठाउन सकेका छैनन् । खोप पुगेका कतिपय ठाउँमा स्वास्थ्य कार्यकर्ता नहुने र भएका ठाउँमा बालबालिकासम्म पुर्‍याउन सकिएको छैन । महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले खोप सेवा कार्यक्रम प्रभावित भएको बताएका छन् । ‘अलि–अलि काम भएकै छ, तर अवस्था त्यस्तै छ। खोप पुगेका ठाउँमा खोप लगाउने व्यक्ति पुर्‍याइएको छैन । पुगेको ठाउँमा खोप पुगेको छैन भन्ने खबर आएको छ,’ उनले भने । आपूर्ति व्यवस्था विभागका निर्देशक डा. भीमसिंह टिंकरीले औषधि तथा खोप गोदामसम्म पुगेको, तर सबै जिल्लामा पुर्‍याउन सहज नभएको बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...