नेभिगेशन
अन्य

कांग्रेस क्रियाशील सदस्यता: ६० हजारको नविकरण भएन, डेढलाख थपिए

काठमाडौं । व्यवस्थापीका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा झन्डै दुई लाख क्रियासील सदस्य थपीएका छन् । पार्टीको १३औ महाधिवेशनलाई लक्षित सदस्यता वितरणमा कांग्रेसको नयाँ क्रियासील सदस्यता १ लाख ५३ हजार ७ सय ८९ जनाले लिएका हुन । नयाँ सदस्यताका लागि झन्डै साँढे दुई लाखले आवेदन दिएपनि केन्द्रीय सदस्य नरहरि आचार्य नेतृत्व सदस्यता छानविन समितिले प्रक्रिया नपुगेको भन्दै एक लाखको आवेदन अस्वीकृत गरेको छ । १२औ महाधिवेशनमा ३ लाख १६ हजार ८सय ६६ सदस्य रहेको कांग्रेसमा अब ४ लाख ७० हजार ६ सय ५५ जना सक्रिय सदस्य पुगेका छन् । नेता रामकृष्ण यादव र रमेश लेखक सदस्य रहेको आचार्य नेतृत्व सदस्यता छानविन समितिले बुधबार सुरु हुन पार्टी केन्द्रीय समिति बैठकमा सदस्यता छानविनको प्रतिवेदन बुझाउने छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान नौ बजे सुरु हुने बैठकमा सदस्यता छानविन समितिले २ लाख ५७ हजार ४ सय २ ले सदस्यता नविकरण गरेको प्रतिवेदन पेस गर्ने छन् । पछिल्लो पाँच वर्षमा झन्डै ६० हजार कांग्रेस छोडेका छन् । १२औ महाधिवेशन अघि कांग्रेस क्रियाशील सदस्यता नविकरण र नयाँ लिगेका मध्य ५९ हजार ४सय ६४ जनाले सदस्यता नविकरण नगरेको स्रोतको दाबी छ । १२औ महाधिवेशनमा वितरण भएको सदस्यता सबैभन्दा धेरै झापा जिल्लामा भएको छ । त्यहाँ १० हजार ७सय ९१ले सदस्यता नविकरण गरेका छन् भने सबैभन्दा कम मुस्ताङमा १सय ८४ जनाले मात्र सदस्यता नविकरण गरेको स्रोतको दाबी छ । त्यस्तै, सबैभन्दा बढि चितवनमा ९ हजार ८ सय ७ जनाले नयाँ सदस्यता लिगेका छन् भने मनाङमा १ सय ३५ जनाले मात्र कांग्रेसको नयाँ सदस्यता लिएका छन् । पार्टी महाधिवेशनको पूर्वाधारको रुपमा रहेको सदस्यता वितरणमा अनियमिता भएको भन्दै ६० भन्दा बढि जिल्लाबाट डेढसय भन्दा बढि उजुरी केन्द्रीय समितिमा परेको थियो । त्यसको समेत अध्ययन गरी छानविन समितिले क्रियाशील सदस्यता छानविनको काम सर्वसहमतिले सकेको एक सदस्यले जानकारी दिए । केन्द्रीय समितिले छानविन समितिको प्रतिवेदनको टुंगो लगाएसँगै त्यसकै आधारमा आगामी माघ १५ गते कांग्रेसको गाउँ र नगर अधिवेशन हुन्छ भने माघ २२गते क्षेत्रीय र २५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालीका छ । त्यस्तै, १३औ महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा गर्ने तयारी छ । नागरिक दैनिकमा समाचार छ । यसैबीच कांग्रेसमा डेढ लाख क्रियाशील सदस्य थपिएका छन् । छानबिन समितिले क्रियाशील सदस्यता विवाद टुंग्याएको हो । अब कांग्रेसमा क्रियाशील सदस्य चार लाख ७० हजार पुगेका छन् । कांग्रेसको १२औँ महाधिवेशनसम्म तीन लाख १७ हजार क्रियाशील सदस्य थिए । अहिले एक लाख ५३ हजार थपिएर चार लाख ७० हजार पुगेको हो । कांग्रेसले १३औँ महाधिवेशनसम्म क्रियाशील सदस्य ६ लाखसम्म पुर्‍याउने लक्ष्य लिएको थियो । विवाद बढेपछि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले तीन जिल्लाका नयाँ सदस्यलाई मान्यता नदिएर सदस्यता विवाद टुंग्याएको हो । छानबिन समितिको प्रतिवेदन बुधबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुँदै छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै