नेभिगेशन
अन्य

डिसहोमको भैसीपाटी कार्यालयमा पेट्रोल छर्केर आगजनी

काठमाडौं । आज्ञात समूह डिसहोमको ललितपुर भैसिपाटीस्थित छ्यासीकोटमा रहेको कन्ट्रोल युनिटमा पेट्रोल छर्केर आगजनी गरेको छ । बुधबार बिहान सवा ६ बजे कार्यालयमा रहेका कर्मचारी ड्युटी साट्ने मौका पारेर अज्ञात समूहले पेट्रोल छर्केर गरी आगजनी गरेको ललितपुरका एसएसपी पीताम्बर अधिकारीले बताएका छन् । सहोमको छाता मुनि रहेको कन्ट्रोल युनिटमा आगलागी भएको र यसको बारेमा अनुसन्धान जारी रहेको अधिकारीले बताएका छन‍् । उनले अहिलेसम्म घटनामा संलग्न कसैलाई पक्राउ नगरिएको र अनुसन्धान जारी रहेको बताए ।आगलागीबाट कति क्षति भयो भन्ने कुरा पनि अहिले आइनसकेको अधिकारी बताउँछन् । उनले भने, ‘हाम्रो टोली घटनास्थलमा गइसकेको छ । अनुसन्धान गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।’ उनले घटना कस्ले र केका लागि गराएको थाहा नभएको बताउँदै भने, ‘इन्डियन च्यानलहरु बन्द नगरेको निहुँमा आगजनी गरिएको हाम्रो प्रारम्भिक अनुमान छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै