नेभिगेशन
अन्य

मन्त्रीका डाक्टरलाई विदेश भ्रमण

काठमाडौ । दक्षिण अफ्रिकाको केपटाउनमा सम्पन्न छाती तथा क्षयरोग विशेषज्ञको सम्मेलनमा पोखराबाट स्त्रीरोग विशेषज्ञ डा. राजेन्द्र चौधरीले भाग लिएका छन्। लोकसेवा पास गरेका सरकारी डाक्टरले मात्रै भाग लिन पाउने सम्मेलनमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले ठाडो तोकआदेश गरी असम्बिन्धत विशेषज्ञलाई पठाएका हुन्। मंसिर १६ देखि २० गतेसम्म उक्त सम्मेलन भएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत डा. चौधरीले मन्त्रीको तोकआदेश ल्याएपछि मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठले बिदा स्वीकृत गरेका थिए। ‘मन्त्रीकै तोक भएपछि मेसुले बिदा नदिन सक्ने कुरै भएन,’ अस्पताल स्रोतले भन्यो, ‘मन्त्रीसँग पंगा लिए अस्पतालकै विभिन्न प्रोजेक्ट रोकिएला भन्ने डर।’ नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...