नेभिगेशन
अन्य

प्याकेजमा सहमति भए आन्दोलन मत्थर

काठमाडौं । मधेसी मोर्चाको बिहीबारको बैठकले सरकारसँग राखेको ११ बुँदे मागबारे प्याकेजमा सहमति खोज्नेबारे छलफल भएको छ । प्याकेजमा छलफल हुँदा राजनीतिक समितिमार्फत सीमांकन तीन महिनामा टुंगो लगाउने सहमति हुने अवस्थामा आन्दोलन मत्थर बनाउने रणनीतिमा मोर्चा छ । सोहीअनुसार शुक्रबारको वार्तामा प्रस्तुत हुने मोर्चाका नेताहरूले बताएका छन् । आन्दोलन फिर्ता लिने विषयमा निर्णय भएन सत्तापक्षले वार्तामा दिने महत्त्व र सहमतिको प्रयासका आधारमा आन्दोलनको स्वरूप निर्धारण गर्ने मधेसी मोर्चाले निर्णय गरेको छ । सरकारसँग प्याकेजमा सहमति हुने संकेत देखिए आन्दोलनमा लचिलो हुने सोच मोर्चाका नेताले बनाएका छन् । मोर्चाका नेताहरूका अनुसार सहमति हुने सम्भावना भए आन्दोलन जारी राख्ने, तर नाकामा धर्ना बस्ने कार्यक्रम फिर्ता हुनेछ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...