नेभिगेशन
अन्य

दैलेखमा ग्यास खानी खोज्दै सरकार

काठमाडौं । भारतको नाकाबन्दीका कारण देशमा इन्धनको चरम अभाव भइरहेका बेला सरकारका एक मन्त्री ग्यास खानी खोज्दै दैलेख पुगेका छन्। भूगर्भविद्सहितको टोली लिएर उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सोमबार दैलेखमा पेट्रोलियम पदार्थको खानी रहेको अनुमान गरिएका विभिन्न स्थानको स्थलगत अवलोकन गरेका हुन्। स्थलगत अवलोकनपछि मन्त्री पाण्डेले अबको ६ महिनाभित्रमा सरकारले दैलेखमा रहेका सम्भावित ग्यास र पेट्रोल खानीको उत्खनन गर्ने घोषणा गरेको छ । विगतमा पनि भूगर्भविद्हरूको टोलीले अनुसन्धान गरेर जिल्लाको श्रीस्थान क्षेत्रमा ग्यास र पेट्रोलियम पदार्थको खानी रहेको अनुमान गरेको थियो । तर हालसम्म पनि उक्त क्षेत्रमा आवश्यक उत्खननको प्रक्रिया अगाडि बढ्नसकेको छैन। भारतबाट इन्धन आयात रोकिएपछि सरकारले देशभित्रै रहेका सम्भावित खानीको खोजी गर्न थालेको हो। पेट्रोलियम खानी खोज्दै दैलेख पुगेका मन्त्री पाण्डेले ६ महिनाभित्रै दैलेखमा उत्खननप्रक्रिया अगाडि बढ्ने बताए। अन्नपुर्ण दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...