नेभिगेशन
अन्य

क्यासिनोमा सत्तारुढ दलका कार्यकर्ताको अवरोध

काठमाडौं । सत्तारुढ दुई प्रमुख दल एकीकृत नेकपा माओवादी र नेकपा एमाले समर्थित मजदुरबाट भौतिक आक्रमणसम्मको धम्की आउन थालेपछि राजधानीको लाजिम्पाटस्थित क्यासिनो मिल्लेनायर्स क्लबको लगानीकर्ता हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपले लगानी फिर्ता लाने चेतावनी दिएको छ। सिल्भर हेरिटेजले नेपालमा १५ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरिसकेको छ जसअनुसार पहिलो चरणमा क्यासिनो मिल्लेनायर्स क्लब सञ्चालन गरिएको हो। हालसम्म ४ अर्ब रुपैयाँ लगानी गरिसकेको यसले भैरहवामा ४ सय कोठायुक्त पाँचतारे स्तरको रिसोर्ट निर्माण गरिरहेको छ। क्यासिनो मिल्लेनायर्स क्लबमा पुराना मजदुर (मिल्लेनायर्स क्लब हुनुअघि क्यासिनो सांग्रिलामा कार्यरत) ले दुई महिनादेखि अवरोध सिर्जना गरिरहेको र यसको मूल कारण प्रमुख राजनीतिक दल एमाओवादी र एमालेको स्वार्थ जोडिएको प्रस्ट हुँदै गएपछि सिल्भर हेरिटेजका एक निर्देशक तथा प्रमुख लगानीकर्ता अमेरिकाका ह्युग होल्म्सले नेपालबाट लगानी फिर्ता लैजाने चेतावनी दिएका हुन्। मिल्लेनायर्स क्लबको नेपाल व्यवस्थापन हेरिरहेका पर्यटन व्यवसायी राजेन्द्र बजगाईंका अनुसार होल्म्सले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरी पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै लगानी फिर्तासम्मको बेहोरा उल्लेख गरेका छन्। ‘माओवादी र एमाले समर्थित मजदुरले दिनहुँ नाराबाजी गर्दै क्यासिनो मिल्लेनार्यस क्लब सञ्चालनमा अवरोध सिर्जना गरिरहेका छन्। हाम्रा मजदुर र व्यवस्थापनका अधिकारीलाई भौतिक आक्रमणसम्मको धम्की आउन थालेको छ। काम गर्न सक्ने वातावरण हट्दै गएको छ,’ होल्म्सको पत्र उद्धृत गर्दै सिल्भर हेरिटेज ग्रुपको नेपाली सहायक कम्पनी ह्याप्पी वर्ल्डका कार्यकारी अध्यक्ष बजगाईंले भने, ‘अब हामी के गर्न सक्छौंरु यस्तै रवैया जारी रहे नेपालबाट लगानी फिर्ता लान्छौं।’ उनका अनुसार पछिल्लो गतिविधिका कारण मिल्लेनार्यस क्लबका महाप्रबन्धक माइक वाकरसहित आधा दर्जन विदेशी अधिकारी काठमाडौंमा रहेको आफ्ना परिवार स्वदेश फर्काउने तयारीमा छन्। ‘दिनहुँको धम्की त छँदैछ, त्यसमाथि क्यासिनोमै ढुंगा प्रहार भएपछि ज्यानको समेत डर भयो,’ बजगाईंले भने, ‘उनीहरू असाध्यै आत्तिएका छन्। ज्यान जोखिममा राखेर काम गर्न कसलाई पनि सजिलो हुँदैन।’ बजगाईंका अनुसार क्यासिनो मिल्लेनायर्स क्लब सञ्चालन गरिरहेको ग्रुपको सञ्चालक समितिले नेपालमा पहिलो चरणमा १५ अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ। यसमा यो क्यासिनोसहित विभिन्न ठाउँमा पाँचतारे होटलदेखि जलविद्युत आयोजनासम्म पर्छन्। लगानी वृद्धि गर्दै ३० अर्बसम्म पुर्यातउने ग्रुपको लक्ष्य छ। हाल ग्रुपले लुम्बिनीका पाँचतारे स्तरको रिसोर्ट निर्माण सुरु गरेर १ सय कोठा तयार गरिसकेको छ। झापामा पनि यस्तै रिसोर्ट निर्माण गर्न पहिलो चरणमा १५ बिघा जग्गा खरिद गरिसकेको छ भने निकट भविष्यमा काठमाडौं वा कन्चनपुर पनि होटल तथा रिसोर्ट सञ्चालन गर्न जग्गा खोजिरहेको छ। सिल्भर हेरिटेज ग्रुप अस्ट्रेलियाको स्टक एक्सचेन्जमा सूचीकृत हुने तयारीमा छ। ग्रुपले नेपालमा ६ हजारभन्दा बढीलाई रोजगारी दिने योजना बनाएको छ। नेपाली कांग्रेससम्बद्ध व्यवसायीको पहलमा लगानी गरिएको भन्दै यो क्यासिनोमा जारी अवरोधमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नाम जोडिएपछि राजनीतिक स्वार्थ सार्वजनिक भएको हो। दाहालका स्वकीय सचिव चूडामणि खड्काले आफ्ना स्थानीय साझेदार बजगाईंलाई फोनमार्फत धम्की दिएपछि लगानीकर्ता कम्पनी सिल्भर हेरिटेजका अधिकारीहरू थप त्रसित बनेका छन्। यसबारे दाहालसम्म कुरा पुगेपनि समस्या समाधानको सट्टा झन् बल्झाउँदै लगिएको बजगाईंको भनाइ छ। हाल मिल्लेनायर्स क्लबमा कार्यरत मजदुरले घटनाको विरोध गर्दै गत शुक्रबार दाहालको लाजिम्पाटस्थित निवास घेराउ गरेका थिए। लगत्तै त्यही साँझ क्यासिनोमा ढुंगा प्रहार गरी बिजुलीको चिम फुटाइएको थियो। ढुंगा प्रहार गर्ने तीनमध्ये एक जनालाई प्रहरीले पक्राउ गरी सोह्रखुट्टे चौकीमा राखेको बजगाईंले बताए। सम्बद्ध स्रोतका अनुसार माओवादी अध्यक्ष दाहालले व्यवस्थापिका संसदअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको सभापति प्रभु साह र मजदुर नेता शालिकराम जमरकट्टेललाई क्यासिनो मिल्लेनायर्स क्लब खारेज गराउन सक्दो प्रयास गर्न निर्देशन दिएका छन्। ‘क्यासिनो परिसरमा आएर भाँडभैलो गर्दै मान्छे छिराउन प्रयास गर्ने र हाम्रा सुरक्षाकर्मीले रोकेपछि झडप गर्ने उनीहरूको योजना छ,’ बजगाईंले भने, ‘त्यसपछि उनीहरूका मजदुर घाइते हुन्छन् र त्यही निहुँ पारेर क्यासिनो बन्द पार्ने माओवादीको योजना छ। त्यसैगरी नक्कली भारतीय रासनकार्ड बनाएर नेपालीलाई क्यासिनोभित्र प्रवेश गराई बदनाम गराउने तयारी उनीहरूले गरिरहेको जानकारी आएको छ।’ उनका अनुसार माओवादी कार्यकर्ता राजु भण्डारी र एमाले कार्यकर्ता अरवीन्द्र झाको अगुवाइमा दिनहुँ क्यासिनो परिसरमा नाराबाजी र अवरोध सिर्जना भइरहेको छ। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै