नेभिगेशन
अन्य

दिल्ली दौडाहामा मधेसमै कतै समर्थन र कतै विरोध

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता आन्तरिक समस्यालाई लिएर नयाँदिल्ली गएको विषयमा मधेसमै कतै समर्थन र कतै विरोध भएको छ। लामो समयदेखि आन्दोलन गर्दै आएका मधेस केन्द्रित दलका नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँदिल्ली गएका हुन्। जनकपुरका प्राध्यापक एवं मानवअधिकारकर्मी विजय दत्त मोर्चाका नेताहरूको दिल्ली दौडाहा त्यति सकारात्मक नभएको टिप्पणी गर्छन्। आफ्नो देशभित्रै सल्टिनसक्ने समस्यामा छिमेकीलाई गुहार्नु उचित नहुने उनको भनाइ छ। ‘आन्दोलनकारी र सरकार दुवै पक्षले छिमेकीलाई सल्लाहका लागि गुहारेको भए उचित हुन्थ्यो तर एक पक्षको मात्र पक्ष लिएर बाहिरी शक्तिले बोल्नु देशको हितका लागि उचित हुँदैन,’ दत्तले भने। सिरहाका शिक्षक प्रदीप साह आन्तरिक समस्या देशभित्रैबाट समाधान गरिनुपर्नेमा जोड दिँदै छिमेकी राष्ट्रमा गएर समाधान खोज्नु उपयुक्त नहुने टिप्पणी गर्छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...