नेभिगेशन
अन्य

लचकता देखाउन मधेसी नेतालाई भारतको आग्रह

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा जारी मधेस आन्दोलन सम्बोधन भएमात्र नेपाल–भारतबीच अहिले देखिएको परिस्थिति सहज हुने बताएकी छन्। भारतको निमन्त्रणामा नयाँदिल्ली आइपुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग आइतबार भएको भेटमा स्वराजले त्यस्तो धारणा व्यक्त गरेकी हुन्। दिल्ली आएका मोर्चाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवलाई स्वराजले नयाँदिल्लीस्थित हैदराबाद हाउसमा रात्रिभोज पनि दिएकी थिइन्। त्यस क्रममा स्वराजले नेपालको संविधान बृहत् अपनत्वसहितको हुनुपर्ने, मधेस आन्दोलनको तत्काल राजनीतिक समाधान हुनुपर्ने र त्यसैका आधारमा परिस्थिति सहज हुने बताएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले जनाएका छन्। स्वरूपले स्वराजको भनाइ उद्धृत गर्दै ट्विट गरेका छन्, ‘नेपालको संविधान समावेशी हुनुपर्नेमा भारतले जोड दिँदै आएको छ।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...