नेभिगेशन
अन्य

तराईका २२ जिल्लाका एमाले नेता दुई दिने राष्ट्रिय भेला हुँदै

काठमाडौं । तराई मधेशको समस्याका बारेमा पार्टीको धारणा तय गर्नका लागि एमालेका अगुवा कार्यकर्ताको भेला आजदेखि चितवनमा सुरु हुँदैछ । संविधान जारी भएपछि पार्टीको रणनीति तय गर्न एमालेले अगुवा नेता कार्यकर्ताको भेलाको आयोजना गरेको हो । संविधानमा विषयमा चलेको भ्रमण चिर्नका लागि भेलाको आयोजना गरिएको एमालेले जनाएको छ । दुई दिने राष्ट्रिय भेला तराईकेन्द्रित रहने नेताहरुले बताएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली पनि सहभागी हुने भेलामा तीनवटा अवधारणा पत्र पेस हुनेछन् । भेलामा महासचिव ईश्वर पोख्रेलले संविधान अन्तरवस्तु तथा अन्य देशमा संविधानका तुलनात्मक अध्ययन गरिएको कार्यपत्र पेश गर्नेछन् । त्यस्तै उपमहासचिव घनश्याम भुसााले भारतीय नाकाबन्दी, अन्तर्राष्ट्रिय आयामहरु र सचिव प्रदीप ज्ञवालीले तराई मधेसको आर्थिक सामाजिक अवस्थाको विषयमा धारणा पेश गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...