नेभिगेशन
अन्य

सेनाको सहयोग लिन सरकार असफल

काठमाडौं । सरकार तराइ मधेसका राजमार्ग र सीमानाकाको अवरोध खुलाउनलाई सेनाको सहयोग लिन असफल भएको छ ।मंसिर ६ को केन्द्रीय सुरक्षा समिति बैठकले गृहमातहतका सुरक्षा संगठन परिचालित भएको ३ दिनभित्र नाका र राजमार्गको अवरोध नहटे सेनाको सहयोग लिने रणनीति बनाएको थियो । एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आएको एक साता बित्दासमेत राजमार्ग र नाकाको अवस्था उस्तै छ । वार्तामार्फत मधेस समस्या समाधान गर्नुपर्ने सैनिक नेतृत्वको धारणा, सेना परिचालन प्रक्रियामा मतान्तर, सेना परिचालन भए वार्ता भंग गर्ने मोर्चाको चेतावनी, सेना परिचालन भए अवस्था विग्रने भारतीय राजदूतको सार्वजनिक टिप्पणी र विपक्षी दल कांग्रेसको असहमतिका कारण सरकारले आफैँले पारित गरेको रणनीति कार्यान्वयन गर्न सकेको छैन् । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...