नेभिगेशन
अन्य

हतियारसहित भारतीय सुरक्षाकर्मी नियन्त्रणमा

झापा । झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा दशगजा छिचोलेर नेपाली बस्तीमा हतियारसहित प्रवेश गरेका १३ जना भारतीय सुरक्षाकर्मीलाई आज बिहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीका ती हतियारधारी सुरक्षाकर्मीको समूह सुपारी तस्करीमा संलग्न समूहलाई पछ्याउँदै नेपाली बस्तीमा पसेको प्रत्यक्षदर्शी स्थानीय गाउँलेले बताएका छन् । उनीहरुसँग चार थान आधुनिक हतियार साथमा रहेको बताइएको छ । झापाका प्रजिअ तेजप्रसाद पौडेलले आज बिहान नेपाली बस्तीमा भारतीय सुरक्षाकर्मी पसेको जानकारी गाउँलेले दिएपछि सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको बताए । भारतीय सुरक्षाकर्मीलाई केचना–४ बाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए । प्रजिअ पौडेलले सदरमुकाम चन्द्रगढीबाट घटनाको स्थलगत विवरण लिन सहायक प्रजिअ डम्बरुप्रसाद निरौलालाई केचना पठाइएको बताए । हाल भारतीय सुरक्षाकर्मीलाई केचनास्थित सशस्त्र सीमा सुरक्षा बलको क्याम्पमा राखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै