नेभिगेशन
अन्य

नाकाबन्दीको विरोधमा चन्द माओवादीको बन्द

काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण आइतबार उपत्यकामा कममात्र सवारीका साधन सञ्चालन भएका छन् । इन्धन अभावका कारण कममात्रै सवारी साधन गुडेका कारण पनि विप्लव माओवादीले आह्वान गरेको बन्दको असर देखिएको छ । यद्यपी बाहिरबाट उपत्यका भित्रिएका रात्रिबस चलेको भएपनि अहिले अन्य सवारी न्यून रुपमा मात्रै सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ । भारतीय नाकाबन्दीको विरोधमा आज बन्द आह्वान गरेको विप्लव माओवादीले जनाएको छ । यसैबीच चन्द माओवादीले आह्वान गरेको बन्दलाई सफल बनाउन भन्दै हिँडेका २० जना बन्दकर्ता पोखरामा पक्राउ परेका छन् ।बन्दको प्रभाव देशभर नै समान्य रहेको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...