नेभिगेशन
अन्य

विद्युतीय बस संचालनमा सरकार नै बाधक

काठमाडौं । अहिले होस वा पहिलेका जुनसुकै सरकार वातावरणमैत्री विद्युतीय साधनको वकालत गर्न चुक्दैनन । सरकार प्रमुख हुन वा सरोकारवाला मन्त्रालय नेतृत्वको भाषणमा विद्युतीय साधन प्रवर्द्धन गर्ने प्रतिबद्धता छुट्दैन । तर, व्यवहार विद्युतीय साधनमैत्री देखिएको छैन् । नाकाबन्दीले इन्धन अभाव भएपछि देशभरको सवारी आवागमन प्रभावित छ । नेपालभर चल्ने ९९ प्रतिशतभन्दा बढी सवारी डिजेल र पेट्रोलबाट चल्छन् । वातावरणीय दृष्टिले विद्युतीयभन्दा यी साधन प्रदूषक पनि मानिन्छन । तर पनि सरकारले ती साधनलाई कहिल्यै वातावरणमैत्री नदेखेको समाचार प्राप्त भएको छ । सार्वजनिक सवारीका रुपमा विद्युतीय बस सञ्चालन गर्न सरकारले अहिले पनि विभिन्न बहाना बनाएर अवरोध गरिहेको छ । यस्ता साधनका आयातकर्ता सरकारी रबैयाबाट आजित छन् । पाँच वर्षअघि काठमाडौंमा विद्युतीय बस भित्रिए पनि सरकारले विभिन्न बाहनामा सवारी सञ्चालन अनुमतिपत्र दिएको छैन् । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...