नेभिगेशन
अन्य

कार्यकर्ता तान्ने अभियानमा बाबुराम

काठमाडौं । एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानको संयोजक बनेका बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्नुअघि माओवादीबाहेकका राजनीतिक दल र संगठनका नेताकार्यकर्ता तान्ने रणनीति बनाएका छन्। आफूलाई समर्थन गर्ने एमाओवादीका नेताकार्यकर्ताको काठमाडौंमा भएको दुईदिने भेलापछि भट्टराईले त्यस्तो रणनीति बनाएका हुन् । सोही रणनीतिअनुसार आफूलाई समर्थन गर्ने एमाओवादीका नेताहरूको कार्यविभाजन गरिएको छ। संगठन विभाग प्रमुखको जिम्मेवारी देवेन्द्र पौडेललाई दिइएको छ । स्रोतका अनुसार पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका नेताकार्यकर्तालाई देवेन्द्र पौडेलले र अन्य दलका नेताकार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूलाई बाबुराम भट्टराईले नयाँ शक्ति अभियानमा सहभागी गराउने जिम्मा लिएका छन्। भट्टराईले भने अन्य दलका नेताकार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूलाई नयाँ शक्ति अभियानमा सहभागी गराउने जिम्मा लिएका छन्। रामचन्द्र झालाई मिथिला र भोजपुरा, गंगा श्रेष्ठलाई नेवाः र ताम्सालिङ, भक्तबहादुर शाहलाई भेरी र कर्णाली, नवराज सुवेदीलाई सेती र महाकाली, हिसिला यमीलाई अन्तर्राष्ट्रिय, रामकुमार शर्मालाई जातीय मोर्चा, कुमार पौडेललाई जनवर्गीय संगठन, देवेन्द्र पराजुलीलाई म्याग्दी र बागलुङसहित तमुवान, वामदेव क्षेत्रीलाई मगरात, अवध र थारुवान, राजेन्द्र किराँतीलाई किराँत, लिम्बुवान र कोचिलाको जिम्मेवारी दिइएको छ। अन्नपुर्ण दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...