नेभिगेशन
अन्य

मोर्चाको प्रदर्शन जारी , फेरि चौकी जलाइयो

सप्तरी । सप्तरी जिल्लाको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको आक्रोशमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन् । जिल्लाको कोलाडी बसाइन– १ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए । शनिबार रातिदेखि तनाव रहेको सप्तरी आज बिहानबाट पुनः ठाउँठाउँमा प्रदर्शन सुरु भएको छ । सदरमुकाम राजविराजमा आज बिहानदेखि आन्दोलकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको मोर्चाले जनाएको छ । सप्तरी प्रशासनले सदरमुकाम राजविराज तथा पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...