नेभिगेशन
अन्य

अत्यावश्यक वस्तु एयरलिफ्ट गर्न राष्ट्रबैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय नाकाबन्दीका कारण मुलुकको जनजीवन निकै कष्टकर र गम्भीर भएको निष्कर्ष निकाल्दै सरकारलाई डिजेल, मट्टितेल र औषधिलगायत अत्यावश्यक वस्तु तत्काल हवाइजहाजबाट ओसारेर एयरलिफ्ट आपूर्ति सुझाएको छ । सरकारको आर्थिक सल्लाहकार केन्द्रीय बैंकको अनुसन्धान विभागले शुक्रबार सार्वजनिक गरेको भारतले लगाएको अघोषित नाकाबन्दीले नेपाली अर्थतन्त्रमा परेको असरु नामक प्रतिवेदनमा सरकारले तत्काल तराई क्षेत्रको समस्या वार्ताबाट समाधान गरी त्यहाँ बैंक, वित्तीय संस्था, विद्यालय र उद्योग–व्यवसाय सञ्चालन हुने वातावरण तयार गर्ने कामलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव छ । सरकारले तत्काल, मध्यकाल तथा दीर्घकालमा गर्नुपर्ने कामबारे १५ बुँदे सुझाव दिँदै राष्ट्र बैंकले जीवन निर्वाहको लागि अति आवश्यक इन्धन, खाद्यान्न, औषधि आपूर्ति अवरुद्ध भई अभाव सिर्जना भएको बेला उपलब्ध वस्तुको न्यायोचित वितरणमा जोड दिएको छ । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...