नेभिगेशन
अन्य

प्रधानमन्त्री जिम्मेवार भएनन् : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले तराई–मधेसको समस्या समाधान गर्न प्रधानमन्त्री केपी ओली गम्भीर नभएको आरोप लगाएको छ । शनिबार सिंहदरबारमा भएको प्रमुख प्रतिपक्ष र सत्तारूढ दलहरूबीचको छलफलमा सरकार गठन भएको एक महिना पूरा हुँदा पनि तराई–मधेसमा जारी आन्दोलन समाधान नहुनुमा प्रधानमन्त्रीको गैरजिम्मेवार भूमिकाले काम गरेको विपक्षीको निचोड छ । तराई–मधेसको समस्या समाधानका लागि साझा धारणा बनाउने उद्देश्यले कांग्रेसले बोलाएको उक्त बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएनन् । ‘प्रधानमन्त्रीले आउँछु भनेर पनि बैठकमा नआएकोमा हामीले आपत्ति प्रकट गर्‍यौं,’ कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले भने, ‘प्रधानमन्त्री कति गैरजिम्मेवार हुनुुहुन्छ भन्ने कुरा यसले पनि पुष्टि गरेको छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...