नेभिगेशन
अन्य

प्रधानमन्त्रीले बोलाए साँझ सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाले राखेका मागबारे साझा धारणा बनाउन आइतबार सर्वदलीय बैठक बोलाएका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिवार सत्तारुढ दलहरुसंगको छलफलमा प्रधानमन्त्रीले तराई मधेशमा समस्या समाधानका लागि गम्भिरता प्रस्तुत गर्न नसकेको भन्दै आलोचना गरेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रमुख प्रतिपक्षी सहित संसदमा रहेका सबै दललाई बोलाइएको बताए । बैठक आइतबार साँझ ६ बजेलाई तय गरिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनको उच्च स्तरीय संयन्त्रले बोलाएको बैठकमा सहभागी नहुने जनाएपछि प्रधामन्त्रीले बैठक बोलाएका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...