नेभिगेशन
अन्य

डिपोमा करिब १० लाख लिटर मट्टितेल मौज्दात

काठमाडौं । ग्यासको विकल्पमा दुई/तीन दिन भित्रै मट्टितेल बाँडिने आपुर्ति मन्त्रालयले जनाएको छ । मन्त्री गणेशमान पुनका अनुसार निगमले आफूसँग भएको मौज्दातको मट्टितेल वितरण गर्नेछ । मन्त्रालयका अनुसार निगमको विभिन्न डिपोमा करिब १० लाख लिटर मट्टितेल मौज्दात छ । मन्त्रालयका अनुसार उपत्यकामा रहेका अधिकांश डिपोबाट मट्टितेल वितरण गरिन्छ । नाकाबन्दीका कारण ग्यास बुलेटहरु नेपाल भित्रिन नसक्दा उपत्यका लगायत अन्य क्षेत्रमा ग्यासको चरम अभाव भएको छ । ग्यास पाउन छाडेपछि उपभोक्ताले दाउरा बालेर दैनिकी गुजारिरहेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...