नेभिगेशन
अन्य

राष्ट्र सङ्घ मुख्यालय अगाडि नाकाबन्दीको विरोधमा प्रदर्शन

काठमाडौं । भारतको अघोषित नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र सङ्घ मुख्यालय भवनअगाडि विरोध प्रदर्शनपछि मङ्गलबार ज्ञापनपत्र बुझाएका छन् । मध्याह्न १२ बजे सुरु भएको कार्यक्रममा ठूलो संख्यामा उपस्थित नेपालीलाई अमेरिकी मूलका नागरिक र भारतीय मूलका शिखले समेत ऐक्यबद्धता जनाएका थिए । दुई महिनाभन्दा लामो नाकाबन्दीको कारणले नेपालमा अत्यावश्यक सामग्रीको समेत अभाव भइसकेको अवस्थामा समेत भारतीय पक्षबाट नाकाबन्दी खोल्ने कुनै चासो र सङ्केत नदेखाएको कारणले स राष्ट्र सङ्घको ध्यानाकर्षण गर्दै चाँडो नाकाबन्दी खोल्ने वातावरण बनाउन विरोध प्रदर्शन गरिएको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले बताए । विनाशकारी भूकम्पमा उद्धार गरेका र नाकाबन्दीका बेला केही समय नेपालमा नै रहेका एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेल एउटा छिमेकीले यस्तो अवस्थामा पनि यसरी दुःख दिन्छ भनेर आफूले कल्पना समेत गर्न नसक्ने बताउँदै आफू टेक्सास राज्यबाट विरोध प्रदर्शनमा भाग लिन आएको जानकारी दिए । नाकाबन्दीको विरोध गर्दै नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले प्रेसविज्ञप्ति जारी गरेको छ भने आफ्नो वेबपेज र फेसबुकमा समेत विरोध जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै