नेभिगेशन
नेपाल समाचार

मधेशी मोर्चासँग आज निर्णायक वार्ता तयारी

काठमाडौं । प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चाबीच बुधबार राजधानीमा वार्ता हुँदैछ । निर्णायक बनाउने भनिएको यस वार्तालाई समग्र मधेसले उत्सुकतापूर्वक हेरिरहेको छ । वार्तास्थल र समय भने सार्वजनिक गरिएको छैन । मधेसी मोर्चा र मधेस मामिलाका विश्लेषक बुधबारको वार्ताको सार्थकता तीन दलको प्रस्तुतिमै निर्भर रहने बताउँछन् । मोर्चाका वार्ता टोली सदस्य एवं संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले आफ्नो प्रमुख मुद्दा सीमांकन नै भएको बताए । राज्य पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदन हुबहु लागु गरिनुपर्छ,’ उनले भने, ‘त्यो प्रतिवेदन नै हाम्रो बटमलाइन हो ।’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अघि सारेको भनिएको सीमांकन प्रस्ताव मोर्चासमक्ष नआएको उल्लेख गर्दै उनले भने, ‘बाहिर आएको हामीले सुनेका छौं, मोर्चामा औपचारिक प्रस्ताव आएको छैन । वार्ताको टेबुलमा त्यो प्रस्ताव आए छलफल हुन्छ ।’ राउतले बुधबारको वार्ता सकारात्मक हुने अपेक्षा गरेको बताए । ‘तर, बल तीन दलको कोर्टमा छ । तीन दल कति गम्भीर ढंगले प्रस्तुत हुन्छन्, वार्ताको सफलता÷असफलता त्यसैमा निर्भर रहन्छ,’ उनले भने । मोर्चाले कमल थापा नेतृत्वको वार्ता टोलीसमक्ष ११ बुँदे माग प्रस्तुत गरिसकेको छ जसको पहिलो बुँदामा मधेसलाई दुई प्रदेशमा मात्र बाँड्नुपर्ने उल्लेख छ । पहिलो संविधानसभाबाट गठित राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँट समिति र राज्य पुनःसंरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनअनुरूप तराई–मधेसमा मेचीदेखि महाकालीसम्म दुई स्वायत्त प्रदेशलगायत ऐतिहासिक पृष्ठभूमि र पहिचानका आधारमा अन्य स्वायत्त प्रदेश निर्माण हुनुपर्नेु मोर्चाको माग छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै