नेभिगेशन
अन्य

ओली एक महिनाको खर्चः खाजामा ४ लाख,हवाई टिकटमा २६ लाख

काठमाडौं । केपी ओली प्रधानमन्त्री भएको आज एक महिना सात दिन भएको छ । यो अवधिमा तराई मधेशको आन्दोलन समाधान हुने तथा नाकाबन्दी खुकुलो हुने कुनै संकेत देखा परेको छैन् । नकाबन्दी र तराई मधेशको आन्दोलनका कारण पेट्रोलिय पदार्थको अभावमा आम नागरिक छटपटीरहेको अबस्था छ । तर यही अवधी प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा खाजा खर्चबापत राज्यकोषको झण्डै चार लाख खर्च भएको छ भने हवाई टिकटमा झण्डै २६ लाख खर्च गरेका छन् । सरकारमा ६ जना उपप्रधानमन्त्री बनाएर किर्तिमान बनाएको प्रधानमन्त्री ओलीले कार्तिक ३० गतेको मितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भुक्तानीका लागि साँढे ३० लाखको बिल पेश गरेका छन् । प्रधानमन्त्री कार्यालयको वेभसाईटमा उल्लेख भएअनुसार वालुवाटारमा भएका बिभिन्न बैठकको खाजा खर्च भन्दै अनमोल क्याटरिङ सर्भिस प्रालीले भुक्तानी पाउने गरि ३ लाख ६२ हजार ८ सय ९९ रुपैयाको बील कार्तिक ३० गतेको मितिमा पेश भएको छ । यसैगरि हवाई टिकट बापत सुरुची ट्राभल्स एण्ड टुर्स प्रालिले भुक्तानी पाउने गरि २५ लाख ८२ हजार २ सय ३३ रुपैयाको बिल पेश भएको छ । त्यस्तै सुचना प्रकाशन भए बापत भन्दै एसपी मिडिया प्रालिले भुक्तानी पाउने गरि ५६ हजार ८ सय ७० रुपैयाको बील पेश भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै