नेभिगेशन
अन्य

मोरङ र सुनसरी छुट्याउने प्रचण्डको नयाँ प्रस्ताव

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार मधेसीमोर्चा र विपक्षी कांग्रेसबीच निर्णायक वार्ता तयारीका लागि संवाद थालेका छन् । आइतबारको शीर्ष नेतास्तरीय वार्तामा ठोस गति नलिएपछि उच्चस्तरीय राजनीतिक समन्वय समिति संयोजकसमेत रहेका दाहालले अनौपचारिक भेट तीब्र पारेका हुन् । पछिल्लो समय उनले सीमांकनमा नयाँ प्रस्ताव ल्याएका छन् । हालको प्रदेश नम्बर २ अन्गर्तत सप्तरीदेखि पर्सालाई कायम राख्ने, नवलपरासीदेखि बर्दियासम्म थारु बहुल बस्ती छुट्याएर बाँकी पहाडसँग मिलाउने, झापा र कंचनपुर विवादित जिल्ला घोषणा गरी राजनीतिक समितिमार्फत टुंग्याउने र मोरङ र सुनसरी जिल्ला सीमा परिवर्तन गरी पहाडी बहुल क्षेत्रलाई पहाडमा र मधेसी बहुल क्षेत्रलाई मधेसमा मिसाउने उनको प्रस्ताव छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...