नेभिगेशन
अन्य

सरकारले राजधानीका पाँच स्थानबाट दाउरा बिक्री गर्ने

काठमाडौं । दाउराको माग अत्यधिक बढेपछि सरकारले राजधानीका विभिन्न पाँच स्थानबाट दाउरा बिक्री गर्ने भएको छ । टिम्बर कर्पोरेसनले सीतापाइला, महाराजगन्ज, बालाजु, भक्तपुर र ललितपुरमा नयाँ डिपो स्थापना गरी बुधबारदेखि दाउरा बिक्री गर्ने जनाएको छ । वन तथा भूसंरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसनमार्फत आइतबारदेखि बालकुमारी र गौशाला डिपोबाट मात्रै दाउरा बिक्री गर्दै आएको थियो । दुई स्थानबाट मात्रै दाउरा बिक्री गर्दा विभेद र अपुग भएको भन्दै उपत्यकावासीले गुनासो गरेपछि वन तथा भूसंरक्षण मन्त्रालयले टिम्बरको डिपो बढाउने तयारी गरेको हो । सोमबार वन तथा भूसंरक्षण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले राजधानीका पाँच स्थानमा डिपो राख्न मन्त्रालयका अधिकारी र सरोकारवाला निकायसँग छलफल गरेका थिए । सोही छलफलले टिम्बरको डिपो बढाउने निष्कर्ष निकालेको हो । सचिव रेग्मीले सर्वसाधारण जनताको मागअनुसार नाफा–नोक्सान नहेरी अधिकतम रूपमा दाउरा बिक्री गर्न टिम्बरका अधिकारीलाई निर्देशनसमेत दिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...