नेभिगेशन
अन्य

चिकित्सकहरुले अन्तर्राष्ट्रिय समुदाय गुहार्ने

काठमाडौं । भारतले गरेको नाकाबन्दीका कारण अत्यावश्यक औषधि अभाव हुँदा मानवीय संकट उत्पन्न भएको जनाउँदै नेपाल चिकित्सक संघले अन्तर्राष्ट्रिय चिकित्सा समुदायसँग सहयोग माग्ने तयारी थालेका छन् । नाकाबन्दीका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न समस्याबारे छलफल गर्न संघले सोमबार राजधानीमा गरेको चिकित्सक भेलाले मानवीय संकट निकासका लागि अन्तर्राष्ट्रिय सहयोग माग्ने निष्कर्ष निकालेको हो । सरकारले सलाइन, मुटु उपचारमा चाहिने लगायतका औषधि हाहाकार हुँदासमेत सरकारले वैकल्पिक व्यवस्था गर्न नसक्दा र अवरोधकर्ता निकाय संवेदनशील नहुँदा मानवीय संकट आएको भेलामा चिकित्सकहरूले बताएका थिए । संघका अध्यक्ष डा. अन्जनीकुमार झाका अनुसार संघले केही दिनभित्रै आकस्मिक बैठक बोलाएर औपचारिक निर्णयसहित ती संस्थालाई अत्यावश्यक औषधि सहयोगका लागि आह्वान गर्नेछ । संघ आबद्ध रहेका संस्थाहरू विश्व चिकित्सक संघ, साउथ एसिया मेडिकल एसोसिएसन र कन्फेडेरेसन अफ मेडिकल एसोसिएसन इन एसिया एन्ड ओसियानमार्फत विश्वभरका चिकित्सक संघहरूसँग सहयोग माग्नेछ । संघले यी संस्थाहरूलाई अत्यावश्यक औषधिको सूचीसहित सहयोग गर्न र कुनै पनि बहानामा औषधि र स्वास्थ्य उपकरण नरोक्नलाई अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आह्वान गर्नेछ । संघले आन्दोलनकारी दलहरूलाई समेत औषधि अभावका कारण बिरामीको ज्यानै जाने अवस्था आएको भन्दै संवेदनशील बन्न आग्रह गर्ने भएको छ । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...