नेभिगेशन
LEADING_MAIN

भारतीय नाकाबन्दीविरूद्ध अस्ट्रेलियामा विरोध प्रदर्शन हुने

सिड्नी । एनआरएन अस्ट्रेलियाले पहिलो चरणमा भारतले नेपाल बिरुद्ध गरेको अमानविय अघोषित आर्थिक नाकाबन्दीको बिरोध गर्न एनआरएनएले अस्ट्रेलियामा रहेका सबै नेपाली समुदायसंग समन्वय गर्दै अस्ट्रेलियाको सबै स्टेटहरुमा यहि नोभेम्बर २० मा शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने भएको छ । सोही अन्र्तगत सिड्नीको मार्टिन प्लेसमा शुक्रबार प्रवासी नेपाली समुदायले शान्ति पूर्ण बिरोध प्रदर्शनमा गर्ने एनआरएन अस्ट्रेलियाले जनाएको छ । पहिलो चरणको बिरोध प्रदर्शन पछी दोस्रो चरणको कार्यक्रम अन्र्तगत भारतीय राजदुतावास लगायत सम्बन्धित अन्य कुटनैतिक नियोग र निकायहरुमा बिरोध पत्र बुझाई सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको कोषाध्यक्ष डिला खरेलले बताए । यस्तै भारतले नेपाल बिरुद्ध गरेको अघोषित नाकाबन्दीको बिरोध गर्दै सबै स्टेटमा भारतीय राजदुताबास, क्यानबेरा लगायत सम्पूर्ण स्टेटमा रहेका भारतीय महाबाणीज्यदुताबासको कार्यालयमा बिरोध पत्र बुझाउने निर्णय समेत एनआरएन अस्ट्रेलियाले गरेको छ । विरोधलाई प्रभावकारी पार्न एनआरएनले अस्ट्रेलियन सरकारको विदेश मन्त्रालय र अस्ट्रेलियाको विभिन्न राजनैतिक संस्थाहरुलाई अघोषित नाकाबन्दीको जानकारी दिदै ध्यानाकार्षण पत्र बुझाउने कोषाध्यक्ष डिला खरेलले नेपाल न्युज अस्ट्रेलियालाई बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।