नेभिगेशन
अन्य

टस जितेर पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नेपालले टस जितेर पपुवा न्युगिनी विरुद्ध ब्याटिङ गरिरहेको छ। अबुधाबीस्थित शेख जायेद क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ९ ओभरको समाप्तिमा २ विकेट गुमाएर ३३ रन बनाएको छ। नेपालका ओपनर अनिल मण्डल पहिलो बलमै आउट भएका थिए भने मण्डलको ठाउँमा आएका सागर पुन पनि १० रन बनाउँदै पेभिलियन फर्किएका छन्। अहिले सुभास खकुरेल १५ रन बनाउँदै ३ रन बनाएका ज्ञानेन्द्र मलसँग खेलिरहेका छन्। ५० ओभरको उक्त खेलले आइसिसीबाट लिस्ट ुएु को मान्यता पाएको छ । २ खेल खेलिसकेको नेपाल र पिएनजी दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । जितविहन दुई टोली अंकतालिकाको पुछारमा छन् । पिएनजीविरुद्धको खेलको तयारीका लागि नेपाली टोली झन्डै दुई सातादेखि युएईमा अभ्यासरत छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै