नेभिगेशन
अन्य

यसकारण आयो मधेसी मोर्चा संसदमा

काठमाडौं । सरकार र आन्दोलनरत पक्षबीच कुनै सहमति र रणनीति परिवर्तनविनै मधेसी मोर्चा संसद्मा आएपछि उसको रणनीतिबारे विश्लेषण हुन थालेको छ । मोर्चाको रणनीतिक असफलता र शक्तिमा आएको कमजोरीका कारण मोर्चा विनासहमति संसद्मा आएको मधेसी विश्लेषकहरूको भनाइ छ । उनीहरूका अनुसार मोर्चाका नेताहरूमा राजनीतिक इमानदारी र स्थिरता कम देखिएको छ । त्यसमाथि पहिला दबाउने रणनीति अपनाएको सरकारले अहिले गलाउने रणनीति अख्तियार गरेको टिप्पणी पनि हुन थालेको छ । यी दुवै कारणले मोर्चा संसद्मा आउन बाध्य भएको विश्लेषण हुन थालेको छ । तराई मधेसको राजनीति आवश्यकतामुखी आन्दोलन भएकाले त्यसमा इमानदारिता, निरन्तरता वा स्थिरता हुनुपर्नेमा मोर्चाका नेतामा त्यो नभएको मधेस विश्लेषक तुलानारायण साहको भनाइ छ । ‘आवश्यकताको राजनीति आन्दोलनमुखी हुन्छ, त्यसका लागि जनतामा ऊर्जा भइरहनुपर्छ, तर अहिले त्यो देखिएन,’ साहले भने । मोर्चाका नेताहरू भने यो स्वीकार गर्न तयार छैनन् । उनीहरूको भनाइमा अहिले रणनीति परिवर्तन भएको मात्रै हो । सडक र सदन दुवैलाई उपयोग गर्न संसद्मा गएको सद्भावना पार्टीका महामन्त्री मनीष सुमनको भनाइ छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...