नेभिगेशन
अन्य

नाकाबन्दी हटाउन संसदमा साझा संकल्प प्रस्ताव लैजाने तयारी

काठमाडौं सरकारले भारतीय नाकाबन्दी हटाउन संसदमा साझा संकल्प प्रस्ताव लैजाने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति बसेको तीन दलका शीर्ष नेताको बैठकले यस्तो प्रस्ताव लैजाने निष्कर्ष निकालेको हो । डेढ महिनादेखि निरन्तर भारतले एकपक्षीय रुपमा लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय मान्यताविपरीत रहेको भन्दै बैठकले भूपरिवेष्टित राष्ट्रले पाउने सुविधा र दक्षिण एसियामा भारतको असहिष्णु नीतिबारेमा साझा संकल्प प्रस्ताव तयार गरी संसद्बाट अनुमोदन गराउनुपर्ने निष्कर्ष निकालेको हो । संसद्बाट उक्त प्रस्ताव पारित भएपछि नाकाबन्दीबारे औपचारिकरुपमा अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण हुन्छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...