नेभिगेशन
अन्य

नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीत – सभापति कोइराला

अमेरिका । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला उपचारका लागि आइतबार अमेरिकाको न्युयोर्क पुगेका छन् । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाली जनसम्पर्क समितिका कार्यकर्ता तथा राष्ट्रसङ्घीय नेपाली नियोगका कर्मचारीहरुले कोइरालालाई जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा पत्रकारसँगको सङ्क्षिप्त कुराकानीमा सभापति कोइरालाले भारतले नेपालमाथि गरिरहेको अघोषित नाकाबन्दी गलत र अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताए । उनले यो समस्यालाई कूटनीतिक पहलमा नै समाधान गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री पदको उम्मेदवारीको विषयमा प्रस्ट पार्दै सभापति कोइरालाले आफूले कसैको दबाब र करकापमा नभई पार्टीको निर्णयअनुसार उम्मेदवारी दिएको बताए । उनले सार्वभौम देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीले लिएका कैयन निर्णयहरू वर्तमानमा नराम्रा देखिए पनि दीर्घकालीन रूपमा यिनै निर्णयहरू सही र दूरगामी प्रभाव पार्ने देखिएका छन् भने । कोइरालाको आजबाट मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार सुरु हुने र यसपश्चात् राष्ट्रसङ्घका महासचिव वान कि मुन तथा अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुलाई समेत भेट्ने कार्यक्रम रहेको जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले बताए । ब
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...