नेभिगेशन
अन्य

आईजीपी वन्त र एआइजी थापाबीच भनाभन

काठमाडौं । सशस्त्र प्रहरी बलका दुई उच्चपदस्थ अधिकारी आधा दर्जन सहयोगीकै माझ एकअर्कालाई अपशब्द प्रयोग गरी गालीगलौजमा उत्रेका छन् । सशस्त्र प्रहरी मुख्यालयमा शनिबार बिहान आइजीपी कोषराज वन्तले सशस्त्र प्रहरी दिबसको रिहर्सलका लागि बोलाएको कार्यक्रमपछि भएको कल्याणकारी कोष बैठकमा वन्त र एआइजी जीवनकुमार थापाबीच विवाद हुदाँ झन्डै हात हालाहाल भएको हो । सशस्त्र प्रहरी दिबस कात्तिक ७ गते भएपनि इन्टरपोल बैठकका लागि वन्त अमेरिका गएपछि सोमबार दिवस मनाउने योजना बनेको थियो । सशस्त्रले धुमधाम सशस्त्र प्रहरी दिबस मनाउन लागेको भन्दै संगठनभित्र आलोचना भइरहेको छ । वन्तले तल्लो स्तरमा गएर सबैले काम गर्नुपर्ने, सबै काममा आफू लाग्नुपर्ने, कसैले केही काम गर्दैनन्, मन्त्री र नेताको ढोकाढोका कुद्दै हिड्छन भनेर पटक पटक अश्लील शब्द प्रयोग गरेका थिए । वन्तले यसो भनेपछि २ महिनापछि अवकाशमा जान लागेका एआएजी थापाले आफ्नो धारणा राख्न १० मिनेट मागेका थिए । वन्तले नदिएपछि उनीहरुबीच बिवाद भएको हो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...