नेभिगेशन
अन्य

हुम्लामा चिनियाँ इन्धन भित्रियो

काठमाडौं । स्थानीय पहलमा हुम्लामा चिनियाँ इन्धन भित्रिएको छ । हिल्सा(सिमकोट मोटरबाटो निर्माण अबरुद्ध भएपछि स्थानीय प्रशासनले चिनिया अधिकारीलाई अनुरोध गरेपछि अनौपचारिकरुपमा नेपाली निर्माण व्यवसायीलाई इन्धन उपलब्ध गराएको हो । पहिलो चरणमा ३० हजार लिटर इन्धन भित्रिएको व्यवसायीहरुले बताएका छन् । तिब्बतको पुराङ्गकाउण्टीबाट वार्ताका लागी सिमकोट पुगेका चिनिया अधिकारीले अनौपचारिकरुपमा सघाउने प्रतिबद्धता पुरा गर्दै एक महिनापछि इन्धन पठाएका हुन् । ‘निर्माण सामाग्री ओसार्न र डोजरलगायत उपकरण चलाउन इन्धन नपाएर काम ठप्प थियोु हुम्लाका प्रमुख जिल्ला अधिकारी डा कृष्णचन्द्र घिमिरेले भने,(ुअघिल्लो महिना सिमकोटमा भएको सिमा बैठकमा कुरा राखेका थियौ । अहिले व्यवसायीले इन्धन पाएको बताएका छन् ।’ कान्तिपर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...