नेभिगेशन
अन्य

नेपाल र पाकिस्तानबीच आज क्रिकेट म्याच हुँदै

काठमाडौं । यूएई भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टोलीले आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । अभ्यास खेलका रुपमा रहेको उक्त प्रतिस्पर्धामा पाकिस्तानी टीमका अझर, युनिस खान, मोहम्मद हाफिज, शोएव मलिक, मोहम्मद इरफानलगायतका खेलाडीले नेपालसँग प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तानसँग प्रतिस्पर्धा गर्न पाउँदा नेपाली खेलाडी निक्कै उत्साहित भएका छन् । पाकिस्तानसँगको अभ्यास खेल नेपालका लागि ठूलो अवसर भएको र यसको सामना गर्न नेपाली टोली उत्साहित रहेको नेपालका प्रशिक्षक पुबुदु दसानायकेले बताएका छन् ।नेपाली राष्ट्रिय टिमले पूर्ण राष्ट्र टेस्ट खेल्ने टिम विरुद्ध खेल्न लागेको यो दोस्रो पटक हो । यस अघि नेपाली टोलीले बंगलादेशको सामना गरेको थियो । नेपालले बंगलादेशमा विश्व ट्वान्टी(२० मा बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो । पाकिस्तानले नेपालसँगको खेल पछि इंग्ल्यान्डसँग चार एक दिवसीय खेल खेल्नेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...