नेभिगेशन
अन्य

चिनियाँ पेट्रोल बिहीबारदेखि बाँडिने

काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी सवारीसाधनलाई पेट्रोल वितरण गर्ने भएको छ । भारतबाट आएको न्यून परिमाण र चीनले अनुदानमा दिएको पेट्रोल वितरण गरिने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । ‘भारतबाट थोरै मात्रामा भए पनि ट्यांकर आइरहेका छन् । चीनबाट समेत पेट्रोल थपिएको छ,’ घिमिरेले भने, ‘त्यसैले बिहीबार, शुक्रबार र शनिबार तीन दिन निजी सवारीसाधनलाई पेट्रोल दिने निर्णय भएको छ ।’ घिमिरेका अनुसार दैनिक ५० वटा पेट्रोल पम्पबाट दैनिक तीन लाख लिटरका दरले पेट्रोल वितरण गरिनेछ । दसैँअघि सरकारले एक दिन मात्रै पेट्रोल वितरण गर्दा पम्प परिसरमा लामो लाइन थियो । त्यसैले तीन दिनसम्म बाँड्न लागिएको घिमिरेले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...