नेभिगेशन
अन्य

१५ दिनदेखि बसेन मन्त्रिपरिषद् बैठक

काठमाडौं । मधेस आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीले जनजीवन अस्तव्यस्त भइरहेका वेला सरकार सञ्चालनको गति भने सुस्त देखिएको छ प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार विस्तारमा ढिलाइ मात्र भएको छैन, पछिल्लो १५ दिनदेखि मन्त्रिपरिषद्को बैठकसमेत बस्न सकेको छैन । एमाले स्थायी समितिको सोमबार बसेको बैठकले मन्त्रिपरिषद् विस्तारबारे छलफल नै गरेन । ‘बैठकको एउटा एजेन्डा मन्त्रीको टुंगो लगाउने पनि थियो, तर त्यो विषयमा प्रवेश नै गरिएन, पछिल्लो राजनीतिक अवस्थाबारे मात्र छलफल भयो,’ प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...