नेभिगेशन
अन्य

एमालेको मन्त्री छनोटमा विवाद, आजपनि स्थायी समिति बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेमा मन्त्री छनोटको विषयलाई लिएर चर्को विवाद् भएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार अपरान्ह बसेको स्थायी समितिको बैठकमा पार्टीका शीर्ष नेताहरुले आफू निकटका सांसद्हरुलाई मन्त्री बनाउनुपर्ने अड्डी लिएपछि फेरि आज मन्त्री छान्नका लागि स्थायी समिति बैठक बस्दै छ । विवाद्का कारण चारघण्टा लामो बैठक विना निर्णय टुंगिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीको नाममा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललाई मनाउन नसकेपछि बैठक बिना निर्णय टुंगिएको हो। एमालेमा मन्त्री बन्ने आकांक्षीहरुको सूची लामो भएपनि एमालेको भागमा अब जम्मा १० वटा मन्त्रालय मात्र बाँकि छ।एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् गठन भएको २३ दिन वितिसक्दा पनि आफ्नै पार्टीको भागमा रहेका मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गर्न सकेका छैनन्। बैठकमा वरिष्ठ नेता खनाल र नेता नेपालले महत्वपूर्ण मन्त्रालय एमाओवादी र राप्रपा नेपाललाई सुम्पिएको भन्दै अध्यक्ष ओलीको आलोचना समेत गरेका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै