नेभिगेशन
अन्य

सरकार र मधेसी मोर्चासँग परिणाममुखी वार्ताको तयारी

काठमाडौं । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच आइतबार वार्ता हुँदैछ । सरकार र आन्दोलनरत दुवै तर्फले आजको वार्तालाई निर्णायक र परिणाममुखी बनाउने तयारी गरेका छन् । आइतबारको वार्ताको तयारी स्वरुप शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक जनकपुरमा बसेको थियो । आज पनि सरकारसँग वार्तामा बस्नुअघि छलफल गर्ने मोर्चाले जनाएको छ । आफूहरुले सरकारसँग धेरैपटक छलफल गरेको भन्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चा आजको वार्तालाई निर्णायक बनाउने पक्षमा छ यसको निर्भर सरकारमा रहने बताएका छन् । समस्या समाधान गर्नेगरी सरकारी वार्ता टोली प्रस्तुत भए वार्ताले निकास निकाल्ने यादवले बताए । सरकारी वार्ता टोलीका सदस्य कानुनमन्त्री खरेलले वार्तालाई परिणाममुखी बनाउन वार्ता र संवादबाटै सहमतिका आधारमा समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । सरकारले पनि मोर्चासंगको वार्ताको तयारीका लागि सरकारमा सहभागि उच्चस्तरिय रजनीतिक समितिमा छलफल गरिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै