नेभिगेशन
अन्य

बेवारिसे बन्दै स्वतन्त्र बिद्यार्थी युनियन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा चुनाव हुन नसक्दा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० बेवारिसे बन्दै गएका छन् । चुनावको टुंगो नभएको र उमेर हद लाग्ने वा नलाग्ने भन्ने अन्योलले दाबेदार अधिकांश विद्यार्थीसमेत क्याम्पस जान छाडेका छन् । स्ववियु कार्यालय रहे पनि चहलपहल भने छैन । क्याम्पसमा केही विद्यार्थी संगठन सक्रिय भए पनि आधिकारिक संगठन नहुँदा विद्यार्थी र प्रशासनलाई समेत अप्ठेरो भएको छ । अघिल्लो वर्ष सर्वोच्चको निर्णयले स्ववियुहरू निष्क्रिय भएपछि नयाँ विद्यार्थीलाई भने कुनै वास्ता हुने गरेको छैन । त्रिविका केन्द्रीय विभागहरूमा सेमेस्टर प्रणाली लागू भएपछि स्ववियुको समेत बेवास्ता हुन थालेको छ । ८ वैशाख ०७२ मा सर्वोच्च अदालतले तीन महिनामा स्ववियु चुनाव गर्न आदेश दिएको थियो । तर, त्रिविले स्ववियु चुनाव गराउन भने सकेन । त्रिविका उपकुलपति प्रा।डा। तीर्थराज खनियाँले स्ववियु चुनाव गराउने पक्षमै रहेको बताए । दसैँ–तिहारको बिदापछि विद्यार्थी संगठनहरूसँग छलफल गर्ने र उपयुक्त समय तोक्ने उनको भनाइ छ । विगतमा भएका निर्णय र सहमतिका आधारमा छलफल गरी मिति तय गरिने उनले बताए । विद्यार्थी संगठनले मिश्रित प्रणालीमा स्ववियु चुनाव गर्न सहमति दिएपछि त्रिविको स्ववियुसम्बन्धी नियम संशोधन भइसकेको छ । यसअघि ६ चैत ०६५ मा स्ववियु निर्वाचन भएको थियो । दुईवर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिको म्याद सकिएपछि पनि त्रिभुवन विश्वविद्यालयले म्याद थप्यो । तर, म्याद थप सम्बन्धमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ४ चैत ०६७ मा त्रिविको निर्णय खारेज गरिदियो । निर्वाचनको म्यान्डेटअनुसार कार्यकाल सकिएको अवस्थामा म्याद थप गरी काम गर्न दिनु अलोकतान्त्रिक भन्दै सर्वोच्चले स्ववियुका तत्कालीन कार्यसमितिलाई कुनै काम–कारबाही गर्न नदिन ८ भदौ ०७१ म अन्तरिम आदेश जारी गरेको थियो । तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले त्यस्तो आदेश जारी गरेको हो । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै