नेभिगेशन
अन्य

सुरक्षा परिषदमा नाकाबन्दीपछिको संकटबारे छलफल हुने

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो राख्दै संयुक्त राष्ट्र संघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टमेनले प्रधानमन्त्री केपी शर्मा ओली र निर्वतनमान प्रधानमन्त्री सुशील कोइरालासँग टेलिफोन संवाद गरेका छन् । सुरक्षा परिषद् बैठकमा नेपालको मानवीय संकटको विषयमा छलफल हुनु अघि उनले संवाद गरेका हुन् । सुरक्षा परिषद् बैठकमा यस्ता संकटबारे छलफलहरु हुने गरेपनि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग भारतीय नाकाबन्दीका कारण परेको मानवीय समस्याबारे आवाज उठाउन सकेको छैन । पारवहान असहज भएको र छिमेकी भारतसँग छलफल भइरहेको मात्र बताउँदै आएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...