नेभिगेशन
अन्य

त्रिविले उत्तरपुस्तिका हरायो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको लापरबाहीका कारण स्नातक तह तेस्रो वर्षको परीक्षा दिएका नेपाली विषयका ४२ जना परीक्षार्थीको उत्तरपुस्तिका हराएको छ। अरू सबै विषय पास भएका विद्यार्थी स्नातकोत्तर तहमा भर्ना हुनबाट वञ्चित भएका छन् । त्रिवि स्रोतका अनुसार उत्तरपुस्तिका परीक्षण गर्न घर लगेका प्राध्यापकले हराइदिएका कारण ती विद्यार्थीको नतिजा रोकिएको छ । परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराएका विद्यार्थीको नतिजालाई स्थगित (विदहेल्ड) गरेर अन्य विद्यार्थीको नतिजा असोज अन्तिम साता प्रकाशित गरेको थियो। परीक्षा समितिका अध्यक्ष तथा त्रिविका रजिस्ट्रार चन्द्रमणि पौडेलले उत्तरपुस्तिका हराएको स्वीकार गरे। परीक्षण गर्न घर लगेका प्राध्यापकले हराएको हो वा परीक्षा केन्द्रबाट नआएको हो भन्‍ने विषयमा स्पष्ट नभएको उनले बताए । लाखौं विद्यार्थी भएको ठाउँमा केही उत्तरपुस्तिका हराउनु सामान्य भएको पौडेलले बताए। ‘कहाँबाट उत्तरपुस्तिका हराएको हो भन्ने विषयमा छानबिन समिति गठन गरेर अध्ययन भइरहेको छ। सत्यतथ्य बाहिर आएपछि ती विद्यार्थीलाई अर्को परीक्षा लिने कि नलिने भन्‍ने निर्णय गर्छौं’ , पौडेलले भने, ‘जहाँबाट हराएको भए पनि दोषी पत्ता लागेपछि कडा कारबाही गर्छौं।’ नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...