नेभिगेशन
अन्य

दसैंभर भएको सवारी दुर्घटनामा ९२ जनाको मृत्यु

काठमाडौं । इन्धन अभावका कारण सडकमा कम सवारी गुडे पनि दसैंमा सडक दुर्घटनाका कारण ९२ जनाले ज्यान गुमाएका छन् । घटस्थापना असोज २६ देखि कोजाग्रत पूणिर्मा कात्तिक ९ सम्म मुलुकका विभिन्न क्षेत्रमा भएका ५ सय २ सवारी दुर्घटनामा ९२ जनाको मृत्यु भएको हो । ट्राफिक प्रहरी निर्देशनालयका अनुसार मृत्यु हुनेमा ७२ पुरुष, १४ महिला, २ बालक र ४ बालिका छन् । काठमाडौं उपत्यकाको ट्राफिक महाशाखा, इटहरी, पथलैया, बुटबल, कोहलपुर, अत्तरियास्थित ट्राफिक कार्यालयहरूले संकलन गरेका तथ्यांकअनुसार ३ सय ९८ जना साधारण घाइते भएका छन् । १ सय ९२ गम्भीर घाइते भएका छन् । निर्देशनालयका अनुसार सबैैभन्दा धेरै मृत्यु बुटबल क्षेत्रमा भएको छ । यो क्षेत्रमा २४ जनाले ज्यान गुमाएका छन् । यस्तै, काठमाडौं उपत्यकामा दुर्घटनामा परि ७ जनाले ज्यान गुमाएका छन् । इटहरीमा २३, पथलैयामा २०, कोहलपुरमा १४ र अत्तरियामा ३ जनाको दुर्घटनामा परी मृत्यु भएको छ । सबैभन्दा बढी दुर्घटना भने इटहरीमा १ सय ९५ वटा भएका छन् । अत्तरियामा भने सबैभन्दा कम ५ दुर्घटना भए । काठमाडौं उपत्यकामा एक सय ८६ दुर्घटना भए । सबैभन्दा बढी दुर्घटना चालकको लापरबाहीका कारण भएका छन् । निर्देशनालयका डीआईजी विजय भट्टका अनुसार चालकको लापरबाहीका कारण २ सय १६ दुर्घटना भएका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...