नेभिगेशन
अन्य

राष्ट्रपति यादव भीभीआइपी सुविधासहित भैंसेपाटी सर्ने

काठमाडौं । पदाबधि समाप्तिपछि राष्ट्रपति रामवरण यादवलाई सरकारले भीभीआइपी सुरक्षासहित काठमाडौंको भैसेपाटी क्षेत्रमा सुविधासम्पन्न घरमा आवासको व्यवस्था गर्ने भएको छ । नयाँ संविधान अनुसार आज राष्ट्रपतिका लागि संसदमा निर्वाचन हुँदैछ । संसदले नयाँ राष्ट्रपति चयन गरेसंगै यादवको पदावधी समाप्त हुन्छ । पहिलो संविधानसभाबाट २०६५ साउन ६ मा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का उमेद्वार राम राजा प्रसाद सिंहलाई २८२ हराउदै उनी नेपालका प्रथम राष्ट्रपतिको रूपमा निर्वाचित भए । मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआइपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको हो ।अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...