नेभिगेशन
अन्य

अन्य दलसँग छलफलपछि मात्र कांग्रेसले राष्ट्रपतिको उमेदवार तय गर्ने

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा अन्य दलसँग छलफल गरी निर्णय लिने भएको छ । व्यवस्थापिका–संसद्मा पर्सि कात्तिक ११ गते ती पदमा निर्वाचन हुने कार्यक्रम रहेको छ । व्वस्थापिका–संसद्मा सबैभन्दा ठूलो दलका रुपमा रहेको नेकाले ती पदमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार छनोट गरिसकेको छैन । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज बसेको पार्टी पदाधिकारी बैठकले संसद्मा रहेका दलसँग छलफल गरी ती पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको बैठकपछि उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । नेकाको कात्तिक ७ गते बसेको पदाधिकारी बैठक र सोही दिन बसेको केन्द्रीय समिति बैठकले ती पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो । निर्वाचन नजिकिँदै गर्दा दलहरुको सक्रियता बढ्दै गएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...